• २२ फागुन, शनिबार
  • , Mar 06, Saturday

२० वर्षमा पनि पूर्ण रुपमा किन शुरु भएन भैरहवा सेज ?

  • २०७७ पुष २४ शुक्रबार
  • Mukesh Rai

काठमाडौं : देशमा निर्यात व्यापार बढाउने,रोजगारी सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गर्ने उद्देश्य सहित पाइलट परियोजनको रुपमा शुरु गरिएको भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज ) २० वर्षमा पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकको छैन् । दुई–दुई पटक उद्घाटन गरिएको सेजमा अझै पनि पूर्वाधारको विकास र ऐनमा भएका कतिपय प्रावधानले उद्योग सञ्चालनमा आउन नसकको उद्योगी व्यवसायीहरुको गुनासो छ । तर सरकारी पक्षले भने पूर्वाधारको विकासमा कुनै कमी हुन नदिने बताउँदै आएको छ । 


शुरुमा उत्पादित वस्तुको ८० प्रतिशत निर्यात गर्नुपर्ने प्रावधानले उद्योग आउन नचाहेको बताउँदै आएका थिए । तरपछि ६० प्रतिशत मात्र निर्यात गर्नुपर्ने गरी सेज ऐन संशोधन भएपनि उद्योगी व्यवसायीरुहको आर्कषण सेजमा पर्न सकेका छैनन । व्यवसायीहरुले यो ६० प्रतिशत निर्यातको व्यवस्था पनि धेरै भएको र सेजमा तय गरिएको जग्गाको भाडा दर पनि महँगो भएको र यसलाई अझै कम गर्नु पर्ने बताउँदै आएका छन् । यस्तै ऐन लागू हुने समयमा प्रति वर्ग किलोमिटर रु १५० कायम गरिएको जग्गाको भाडा शंसोधन गरी रु २० मा झारिएको छ । व्यवसायीहरुले यसलाई पनि महँगो भाडादर भन्दै आएका छन् ।  


विषेश आर्थिक क्षेत्र र वर्तमान अवस्थाका बारेमा नेपाल आर्थिक पत्रकार समाज सेजनले बिहीबार आयोजना गरेको भर्चुअल सम्वादमा सरोकारवालाहरुले शुरु गरेको २० वर्षमा पनि सेज पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा यसमा भएका नीतिगत कमजोरी हटाई सहज वातावरण निर्माण गर्नु पर्नेमा जोड दिएका छन् । 
कार्यक्रममा राष्ट्रिय योजना आयोगमा पूर्व उपाध्यक्ष तथा इपीआईका अध्यक्ष डा. शंकर शर्माले लामो समयसम्म सेज सञ्चालनमा आउन नसक्दा अन्य सेजकै भविष्य के हुने भन्ने अन्यौल देखिएको बताए । उनले कुनै उद्योगले आयात प्रतिस्थापनमा सहयोग गर्छ भने पनि निर्यातको मापदण्डलाई खुकुलो बनाएर सेज सञ्चालन गर्नु पर्नेमा जोड दिए । यस्तै ऐन आएपनि नियमावली नआउँदा धेरै कामहरु कार्यान्वयनमा आउन नसकेको बताए । 


नेपाल सरकारका पूर्व सचिव विमल वाग्लले विद्युत आपूर्ती, अन्य पूर्वाधारको विकास देखि निर्यातको कोटा कम गर्दै उद्योगीहरुलाई प्रोत्साहन नगर्दासम्म सेजमा उद्योगीहरको आर्कषण नबढ्ने बताए ।  


नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समितिका सभापति भरतराज आचार्यले अब सेजको अवधारणामा नै परिवर्तन आवश्यक भएको बताए । उनले अहिले सेज सञ्चालनमा भइरहका बहस केवल उद्योगको विकासमा मात्र भएको तर इनोभेसन र ट्रेडका विषयमा कुनै छलफल नै नभएको भन्दै अबको बहस त्यस तर्फ केन्द्रित गर्नु पर्ने बताए । 


नेपाल उद्योग परिसंघका उद्योग समितका उपाध्यक्ष राहुल अग्रवालले कुनै उद्योगीले २० –२५ वर्ष कुरेर आफ्नो उत्पादन बजारमा ल्याउन नसक्ने बताए । उनले ६० प्रतिशतको निर्यातको प्रावधान र महँगो भाडादर पनि व्यवहारिक नभएको बताए । अग्रवालले सरकारले भाडाबाट आम्दानी गर्ने कि उद्योग स्थापना गरेर त्यसबाट अतिरिक्त फाइदा लिने भन्ने मै अन्यौल रहको टिप्पणी गरे । 


यस्तै नेपाल चेम्बर अफ कमर्शका उद्योग समितिका सभापति दीपक  श्रेष्ठले पूर्वाधारको विकास,एकिकृत भन्सार जाँचपास र सहजीकरण तर्फ ध्यान नदिने हो भने सेजमा छिरेका उद्योगहरु पनि बाहिरने अवस्था आउन सक्ने धारणा राखे । उनले भैरहवाको यही अवस्थामा रहने हो भने अन्य क्षेत्रमा सञ्चालन गर्ने भनिएका सेजहरु सञ्चालनान आउन कठिन हुने बताए । 


नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक हरहरराज न्यौपानेले भैरहवा सेजको लागि ३३ केभिए प्रशारण लारुइनको लागि केही समय लाग्ने भएपनि तत्कालै उद्योगहरुलाई आवश्यक पर्ने विद्युत लिन प्राधिकरण तयार रहेको बताए । उनले धकधई प्रशारणलाईनबाट सेजसम्म पुग्ने १२ किलोमिटर मध्ये ११ किलोमिटर प्रशारणलाइनको काम सकिएको र बाँकी ११ सय मिटरमा केही व्यवधान देखिएकोले प्राधिकरण त्यो समस्या समाधान तर्फ लागिरहको जानकारी दिए । उनले आउने सोमबार नै बाँकी क्षेत्रमा हुने कामबारे सरोकारवालाहरुसँग छलफल गरिने बताए ।  

विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक बलरम रिजालले भैरहवा सहित अन्य सेज सञ्चालनको लागि पूर्ण प्रयास भइरहको बताए । उनले निर्यातको प्रतिशत र जग्गा भाडाका विषयमा थप अध्ययन गरेर अर्थ मन्त्रालयमा पठाइएकोले आउने दिनमा उद्योगी व्यवसायीहरुको माग सम्बोधन हुने बताए । सरकारको ७ वटै प्रदेशमा एकएकवटा सेज स्थापना गर्ने लक्ष्य लिएको छ ।  जस अन्तर्गत भैरहवा  सहित सिमरा,पाँचखाल विराटनगर, कपिलवस्तु, जुम्ला, धनगढी, नुवाकोट, नेपालगञ्ज, झापा, धनुषा,  सिरहा, रौतहट र गोरखामा सेज निर्माण गर्ने योजना छ ।

सरकारले १५ माघ २०६० मा विशेष आर्थिक क्षेत्र आयोजना स्थापना गर्ने निर्णय गरेको थियो । विशेष आर्थिक क्षेत्र ऐन २०७३ अनुसार १८ असोज ०७३ मा प्राधिकरण स्थापना भएको हो । निर्यात प्रवद्र्धन, व्यापार घाटा घटाउने, रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन, विदेशी लगानी र प्रविधि भित्र्याउनेजस्ता उद्देश्य राखेर विशेष आर्थिक क्षेत्रको अवधारणा ल्याए पनि पाइलट परियोजानको रुपमा रहका भैरहवा सेज समेत पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । 

छुटाउनुभयो कि?

सबै