• ०३ माघ, शनिबार
  • , Jan 16, Saturday

घाम लागे पनि काठमाडौंमा वायु अत्याधिक खराब

  • २०७७ पुष २३ बिहीबार
  • Mukesh Rai

काठमाडौं : तीन दिनदेखि हुस्सुले ढाकेको काठमाडौं आजदेखि खुलेको छ । आज घाम लागे पनि वायु प्रदुषण भने अत्याधिक खराब नै छ ।

पछिल्लो समय नेपालको वातावरणमा वायु प्रदुषणको अवस्था खराब छ । सोमबार र मंगलबार काठमाडौंको वातावरण प्रदुषण विश्वको पहिलो नम्बरमा रहेको थियो ।

सोमबार र मंगलबारको तुलनामा मौसममा केही सुधार भने आएको छ । मौसममा सुधार भएपनि प्रदुषण भने अत्याधिक छ ।

घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन विज्ञले सुझाव दिएको छ । समेसम्म घर बाहिर ननिस्कन अनुरोध गरेको छ ।

छुटाउनुभयो कि?

सबै