भरतपुर : पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल निकट विद्यार्थीहरुले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका छन् ।
वीरेन्द्र क्याम्पस, सप्तगण्डकी क्याम्पस लगायतका विद्यार्थीले बिहीबार बिहान चितवनमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।
संसद विघटनको विरोधमा हाल प्रचण्ड–माधव समूहका विद्यार्थी दोस्रो चरणको आन्दोलनमा छन् ।