• ०३ माघ, शनिबार
  • , Jan 16, Saturday

पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेको भन्दै भीम रावलमाथि कारवाही सिफारिस

  • २०७७ पुष २३ बिहीबार
  • Mukesh Rai

काठमाडौं : नेकपा प्रदेश कमिटी सुदूरपश्चिमले नेता भीम रावलमाथि कारवाही गर्न सिफारिस गरेको छ ।

रावलमाथि पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेको भन्दै कारवाही गर्ने सिफारिस गरिएको छ । रावल ओली पक्षको नेता हुन् ।

प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्यता र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको बैठकले प्रदेश कमिटी विस्तार गरी ५ सय ५१ सदस्यीय बनाएको छ ।

पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन गर्ने भएका छन् । 

छुटाउनुभयो कि?

सबै