काठमाडौं : प्रचण्ड माधव पक्षको अनेरास्ववियूले सडक आन्दोलन सुरु गरेको छ । अनेरास्ववियूले आज काठमाडौंको माइतीघर मण्डलामा लाल्टिन जुलुस गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेसँगै सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्ववियू सरकारको कदमको विरोधमा सडकमा उत्रिएको हो ।
दिउँसै लाल्टिन बालेरै खोज्दा पनि संविधानमा संसद विघटनको धारा नभेटिएको भन्दै उसले विरोध गरेको हो । ‘संसद विघटनको धारा खोइ रु दिउँसै लाल्टिन बालौँ है’ भन्दै नारा लगाएका थिए ।